भोजपुरमा दुईजना उमेदवारका घरमा बम फेला

भोजपुरमा दुईजना उमेदवारका घरमा बम फेला


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १३ असार २०७४
  • 10.6K
    Shares

भोजपुर नगरपालिका वडा नं. ४ सिद्देश्वरमा दुईजना उमेदवारका घरमा बम फेला परेको छ ।

नेपाली कांग्रेसका वडा अध्यक्ष पदका उम्मेदवार प्रेम भण्डारीको घरमा बिहान ७ बजे सुतली बम र उत्तरी षडानन्द नगरपालिका १३ बोयामा एमालेका तर्फबाट अध्यक्ष पदका उम्मेदवार इन्द्रकुमार श्रेष्ठको घरमा बिहान ४ बजे बम फेला भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक काजीकुमार आचार्यले जनाए । आचार्यका अनुसार दुवैका घरमा राखिएको बमलाई प्रहरीले पालैपालो निस्क्रिय पारेको थियो । विस्फोटबाट कुनै क्षति भएन ।

बम कसले राख्यो भन्ने थाहा नभए पनि बम राखेर आतंकित पार्ने तथा निर्वाचनविरोधी गतिविधिका गिरोहहरुले राखेको हुन सक्ने प्रारम्भिक अनुमान रहेको आचार्यले बताए । ती समूहको खोजी भइरहेको समेत जनाए ।

प्रतिक्रिया