अविरल वर्षाका कारण मध्यरातमा पोखरा पहिरो, एक घर पुरियो

अविरल वर्षाका कारण मध्यरातमा पोखरा पहिरो, एक घर पुरियो


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १३ असार २०७४
  • 11.5K
    Shares

पोखरा– अविरल वर्षाका कारण सोमबार मध्यरातमा गएको पहिरोले पोखरा लेखनाथ महानगरपालिकामा घर पुरिएको छ ।

घरको पछिल्लो भागबाट पहिरो घरभित्र पस्दा घरधनी डिल्लीराम सुवेदी सामान्य घाइते हुनुभएको छ भने श्रीमती खरिका, छोरा दीपक, बुहारी लक्ष्मी र नातिनी युनिसा भागेर ज्यान बचाउन सफल हुनुभएको छ ।

मानवीय तथा चौपायाको कुनै क्षति नभए पनि घरभित्र रहेको खाद्यान्न, लत्ताकपडा एवम् भाडावर्तन पुरिएर नष्ट भएको र अहिले स्थानीय जनता र प्रहरीको सक्रियतामा उद्धार कार्य भइरहेको वडाध्यक्ष ओम सुवेदीले जानकारी दिनुभयो ।

वर्षाका कारण पोखरा–बागलुङ सडकखण्डको फेदीमा पहिरो गई बन्द भएको बाटो रातिनै डोजरको सहयोगले खुलाई सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया