पाचथरवाट विप्लवका ५ कार्यकर्ता प्रकाउ

पाचथरवाट विप्लवका ५ कार्यकर्ता प्रकाउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ९ असार २०७४
  • 10.2K
    Shares

पाँचथर । चुनाव विरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका पाँचजना कार्यकर्तालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ताप्लेजुङ साब्लाखुका मुस्कान लिम्बू, फाल्गुनन्द–४ का विजय नेम्वाङ, फाल्गुनन्द–५ का जितबहादुर चेम्जोङ र कविराज चेम्जोङ तथा धनकुटा पाख्रिबास–३ का सङ्घर्ष परियार रहेका छन् ।

उनीहरुलाई पाँचथरका विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विज्ञान बस्नेतले जानकारी दिए ।

उनले पक्राउ पर्नेमाथि सार्वजनिक मुद्दा दर्ता गरिने प्रक्रिया अघि बढाउने बताए ।

प्रतिक्रिया