ब्युटिसियन युवतीलाई सामुहिक बालात्कार गरेको आरोपमा चार जना युवा सार्वजनीक

ब्युटिसियन युवतीलाई सामुहिक बालात्कार गरेको आरोपमा चार जना युवा सार्वजनीक


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ९ असार २०७४
  • 8.7K
    Shares

बर्दिबास : ब्युटिसियन युवतीलाई सामुहिक बालात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय महोत्तरीले चार जना युवालाई  सार्वजनीक गरेको छ।

महोत्तरीको औरही बजारमा संचालन गरेको ब्यूटी पार्लर बन्द गरेर बजारबाट साइकलमा घर फर्किदै गरेकी २० बर्षीया युवतीलाई जेठ २८ गते आइतबार साँझ आँपबारी नजिकैको जोतेको खेतमा सामूहिक बलात्कार गरेको आरोपमा औरहीका चार युवालाई प्रहरीले सार्वजनिक गरेको हो।

सामूहिक बलात्कारको आरोपमा औरही गाउँपालिका-२ का २० बर्षीय अनिकेत यादव, सुरेश यादव, २१ वर्षीय रमेश पंजियार, २२ वर्षीय सुनिल साहलाई सार्वजनिक गरेको प्रहरी कार्यालय महोत्तरीका एसपी राजकुमार लम्सालले जानकारी दिनुभयो। घटना लगतै बलत्कारको आरोपमा पक्राउ परेका औरही गाउँपालिका-२ का २६ वर्षीय सुनिल साहको बयानको आधारमा प्रहरीले अन्य तीन जनालाई पक्राउ गरी सुनिलसहित चारै जनालाई सार्वजनिक गरेको हो।

पीडित पक्षको जाहेरीका अधारमा प्रहरीले एक साताअघि नै सुनिल साहमाथि जवर्जस्तीकरणीको मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाइ सकिएको छ। साविकको औरही गाविसको ६ स्थित बर्दिबास-औरही-जलेश्वर खडक खण्डको औरहीको तीन पोखरी भन्ने स्थानबाट १ किलोमिटर पश्चिम फुलबरीया गाउँतर्फ जाने बाटोमा पक्राउ परेका चारै जनाले पालैपालो युवतीलाई सामुहिक बालात्कार गरेको प्रहरी अनुसन्धानले खुलेको छ।

बजारबाट साइकलमा घर फर्किरहेकी युवतीलाई नियन्त्रणमा लिएर युवकले बलत्कार गरेका थिए। ‘घर फर्किरहेकी युवतीलाई एक्कासी युवाहरुले नियन्त्रणमा लिए,’ एसपी लम्सालले युवाले दिएको बयान उद्धृत गर्दै भन्नुभयो भन्नुभयो,‘ युवतीलाई नियन्त्रण्मा लिएर खाली खेतमा लगी लडाई रोई कराई गर्दा कुटपिट गरेर जबरजस्ती पालैपालो करणी गरेको हो। ’ मुखमा रुपमाल बाँधेर बाटो ढुकेर बसेका युवा समूहले नियन्त्रणमा लिएर बालात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रतिक्रिया