रियाद, असार ७ । साउदी राजा सालमनले आफ्ना छोरा मोहमद बिन सालमनलाई साउदी अरेबियाको युवराजधिराज घोषित गरेका छन् ।
उनले यसअघि उनका भतिज मोहमद बिन नायफलाई युवराजधिराज नियुक्त गरेका थिए । राजा सालमनले उनलाई बर्खास्त गरी आफ्ना छोरा मोहमद बिनलाई युवराजधिराज बनाएको बताइएको छ ।
साउदी प्रेस एजेन्सीले बुधबार साउदी अरेबियाली राजदरबारबाट प्रकाशन गरेको सूचनालाई उद्धृत गर्दै दिएको समाचारमा सो विषय उल्लेख गरिएको छ ।
युवराजधिराजका साथै उनलाई साउदी अरेबियाको रक्षामन्त्रीमा पनि नियुक्त गरिएको सो सूचनामा जनाइएको छ । रासस/एएफपी