काठमाडौं,ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संघले नेपाल, भारत र बेलायतबीच भएको गोर्खा भर्तीसम्बन्धी त्रिपक्षीय सन्धि खारेज गर्न सरकारसँग माग गरेको छ ।
बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी संघले गोर्खा सैनिकहरुमाथि विभेद भएको भन्दै उक्त सन्धि खारेज गर्ने माग गरेको हो ।
संघका पदाधिकारीहरुले पेन्सनलगायतका सुविधामाथि ब्रिटिस सेना र गोर्खा सेनामा विभेद भएकाले समान सुविधा कायम गरिनुपर्ने धारणा राखेका थिए ।