सोमालियाको रेस्टुरेन्टमा कारबम आक्रमणमा, १८ जना मारिए

सोमालियाको रेस्टुरेन्टमा कारबम आक्रमणमा, १८ जना मारिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १ असार २०७४
  • 9K
    Shares

मोगादिसु, असार १ । सोमालियाको राजधानी मोगादिसुमा बिहीबार बिहान एक रेस्टुरेन्टमा सबाब आतंककारी समूहले गरेको आत्मघाती कारबम आक्रमणमा कम्तीमा १८ व्यक्ति मारिएका सोमालियाको सरकारका प्रवक्ताले जानकारी दिएका छन् ।

आक्रमणमा संलग्न बन्दुकधारीहरु पनि उक्त सुरक्षा कारबाहीकोक्रममा मारिएका सोमालियाको सुरक्षा मन्त्रलयका प्रवक्ता मोहमद अहमद अरबले बताएका छन् ।

एकाबिहानै भएको सो आक्रमणबाट १८ जना निर्दोष सर्वसाधारण मारिनुको साथै अन्य १० भन्दा बढी घाइते भएका अरबले जानकारी दिएका छन् ।

स्थानीय समयानुसार बुधबार साँझ ८ बजेबाट रेस्टुरेन्ट, क्लबमा कारबम आक्रमण भएको र त्यसपछि नजिकै रहेको पिज्जा हाउस रेस्टुरेन्टमा बन्दुकधारीले आक्रमण गरेको बताइएको छ ।

रमाजानको ब्रतपछि खाना खानको लागि जम्मा भएको जनसमुदायमाथि आक्रमण भएको बताइएको छ । रासस/एएफपी

प्रतिक्रिया
सम्बन्धित समाचार