मनोनयन दर्ता गरे भौतिक कारवाही गर्ने मोर्चाको चेतावनी

मनोनयन दर्ता गरे भौतिक कारवाही गर्ने मोर्चाको चेतावनी


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १ असार २०७४
  • 9.7K
    Shares

परासी, संयुक्त लोकतान्त्रिक मधेशी थरुहट मोर्चा नवलपरासीले चुनावमा भाग लिने जिल्लाका उम्मेदवारहरुलाई मनोनयन दर्ता गर्ने उम्मेदवारलाई कालोमोसो दल्ने चेतावनी दिएका छन् ।

मोर्चाले शीर्ष दलका उम्मेदवारहरुलाई असार २ गते स्थानीय तहको निर्वाचनमा आफ्नो उम्मेदवारी दर्ता नगराउन घरघर पुगेर चेतावनी दिएका हुन् । चुनावको विरोध गर्दै आएको मोर्चाले, उम्मेदवारलाई चुनावमा भाग नलिन आग्रहसहितको पत्र काटेर चुनावमा भाग नलिन आग्रह गरेको छ ।

मोर्चाको आग्रहका नटेरी उम्मेदवारी दर्ता गराउने उम्मेदवारलाई मोर्चाले कालोमोसो दल्ने र भौतिक कारवाही समेत गर्ने चेतावनी दिएको छ । उम्मेदवारी दर्ता गराएका उम्मेदवारको चुनावी प्रचारप्रसारलाई भाँड्ने, आक्रमण हुन सक्ने, कुटपिट गर्ने र चुनावमा भाग नलिनेसम्मको बाध्यता सृजना गर्ने मोर्चाको पत्रमा उल्लेख गरिएको छ ।

मधेशको माग पुरा नभएसम्म चुनावमा भाग नलिने राजपाको आन्दोलनलाई समर्थन गर्दै मोर्चापनि आन्दोलनमा उत्रेको छ । जिल्लामा फोरम नेपाल, लोकतान्त्रिक फोरम र नयाँ शक्ति नेपालले पनि आन्दोलनमा समर्थन गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार