३१ जेठ, काठमाडौं । नेपालमा यसवर्षको मनसुन सुरू भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यो गर्ष गतवर्ष भन्दा तीनदिन अघि मनसुन सुरू भएको हो ।
सामान्य रूपमा जुन १० देखि मौषम सुरू हुने गर्दछ । गतवर्ष पाँच दिन ढिला गरेर जुन १५ तारेखमा मौषम सुरू भएकोमा अहिले जुन १२ मा सुरू भउको हो । बंगालको खाडीमा मनसुनी वायु रुमलिँदा दुई दिनपछि सर्दै नेपालमा मनसुन प्रवेश गरेको छ ।
नेपालमा विशेष गरी बंगालको खाडीबाट आउने मनसुनी हावाले वर्षा गराउने गर्दछ । अबको तीनदिनमा मुलकभर मनसुन सक्रिय हुने महाशाखाले जनाएको छ ।