संसद हमलामा अमेरिका र साउदी अरब दोषी रहेको इरानको दावी

संसद हमलामा अमेरिका र साउदी अरब दोषी रहेको इरानको दावी


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २५ जेष्ठ २०७४
  • 8.1K
    Shares

इरानी सेनाले उक्त हमलामा अमेरिका र साउदी अरबको हात रहेको दावी गरेको छ। संसद र सर्वोच्च नेताको समाधिस्थलमा गरिएको हमलाको बुधबार नै आतंककारी समूह स्लामिक स्टेटले जिम्मेवारी लिएको थियो। इरानले हमलामा इरानी नागरिक नै संलग्न रहेको पनि बताएको छ। इरानी सेना ‘रिभोलुसनरी गार्डस्’ले  हमला ‘रक्तपात’ भएको र त्यसको बदला लिने बताएको छ।

उसले एक विज्ञप्ती जारी गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको साउदी भ्रमणसँग हमलाको सम्बन्ध रहेको उल्लेख गरेको बीबीसीले लेखेको छ। ‘यो आतंककारी हमला अमेरिकी राष्ट्रपतिको हालैको अरबको प्रतिकृयावादी देश साउदी अरब भ्रमणपछि भएकोले यो घृणित हमलामा उनीहरुको संलग्नता पुष्टी हुन्छ।‘ सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ। संसदमा गरिएको हमलामा संलग्न पाँच जना पक्राउ परेका छन्। हमलामा संलग्नहरुले आत्मघाती कपडा लगाएका थिए।

संसद बैठक सकिएपछि उक्त हमला गरिएको थियो। इरानले आतंककारीलाई सघाइरहेको आरोप लगाउदै उससँग सम्बन्ध बढाएको भन्दै छ अरब राष्ट्रले कतारसँगको कूटनीतिक लगायत सबै सम्बन्ध तोडेको बेला इरानको संसदमा हमला भएको हो। इरानी संसद र सर्वोच्च नेताको समाधिस्थलमा गरिएको हमलाले अरब तथा मध्यपूर्वका राष्ट्रहरुमा अस्थिरता बढ्ने बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार