राती प्रहरीका चार वटा चेकपोस्ट छलेर क्रसफायर पड्काउँदै हुइँकिने युवक पक्राउ

राती प्रहरीका चार वटा चेकपोस्ट छलेर क्रसफायर पड्काउँदै हुइँकिने युवक पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ३० असोज २०८३
  • 437
    Shares

पोखरा , ३० असोज २०८३ ।

पोखरामा रातिको समयमा चर्को आवाजमा मोटरसाइकल पड्काउँदै हल्ला मच्चाउने र प्रहरीका चार वटा चेकपोस्ट छलेर भाग्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्याङ्जा घर भई हाल पोखरा बस्दै आएका देउ बहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गुरुङले क्रसफायर मोटरसाइकलको साइलेन्सर मोडिफाई गरी ठूलो आवाज निकाल्दै पोखराका विभिन्न सडकमा रातिराति हुइँक्याउँदै आएका थिए । उनले पोखराको मुख्य बजार क्षेत्रमा राखिएका चार वटा चेकिङ प्वाइन्ट समेत छलेर तीव्र गतिमा भागेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका युनिटबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

मोटरसाइकलको चर्को आवाजका कारण स्थानीय बासिन्दामा त्रास फैलिएको र रातिको समयमा ध्वनी प्रदुषण भएको गुनासो आएपछि प्रहरीले निगरानी बढाएको थियो ।

पक्राउ परेका गुरुङलाई नियन्त्रणमा लिई उनको मोटरसाइकल समेत बरामद गरी अभद्र व्यवहार सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट म्याद थप गरी थप अनुसन्धान र कारवाही प्रक्रिया अगाडी बढाइएको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार