पोखरामा कौडा खेलिरहेका सात जना ५७ हजार नगदसहित पक्राउ

पोखरामा कौडा खेलिरहेका सात जना ५७ हजार नगदसहित पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ३० असोज २०८३
  • 475
    Shares

पोखरा – ३० असोज २०८३।

पोखरामा कौडा खेलिरहेका सात जना ५७ हजार रुपियाँ नगदसहित पक्राउ परेका छन्।

पोखरा महानगरपालिका वडा नं. २६ विजयपुरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा सात जनालाई प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई विजयपुरमा कौडा खेलिरहेको अवस्थामा गएको राती पौने एक बजे नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । उनीहरुको साथबाट नगद रु. ५७ हजार रुपियाँ र १६ थान कौडा बरामद भएको प्राप्त समाचारमा जनाइएको छ।

पक्राउ परेका व्यक्तिहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरमा म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार