इरानको संसद् भवन र सर्वोच्च नेताको निवासमा गोली चल्यो

इरानको संसद् भवन र सर्वोच्च नेताको निवासमा गोली चल्यो


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २४ जेष्ठ २०७४
  • 7.7K
    Shares

२४ जेठ, काठमाडौं । इरानको संसद भवन र सर्बोच्च नेता आयातुल्ला खोमेनीको प्रार्थानास्थलमा सशस्त्र आक्रमण भएको छ ।इरानी समाचार एजेन्सीहरुका अनुसार एक हतियारधारी व्यक्तिगत संसद भवनभित्र छिरेर सुरक्षा गार्डमाथि गोली प्रहार गरेका थिए । उनी घाइते छन् । घाइतेहरुको सवालमा भने समाचार एजेन्सीहरुबीच विवादित तथ्यहरु आइरहेका छन् ।

त्यस्तै आधुनिक इरानका जन्मदाता आयातुल्लाह खोमेनीको निवासमा पनि गोली चलेको समाचार आएको छ ।एक प्रत्यक्षदर्शीले समाचार एजेन्सी रोयटर्सलाई बताएअनुसार संसदको बैठक सकिएपछि आक्रमण भएको थियो ।

इरानको समाचार एजेन्सी आइआरआइवीले एक संसदलाई उदृत गर्दै भनेको छ कि संसद भवनभित्र एके-४७ जस्ता अत्याधुनिक हतियार बोकेका थुप्रै आक्रमणकारीहरु छन् ।संसद इलयास हजरातीलाई उदृत गर्दै एजेन्सीले भनेको छ कि त्यहाँ तीन आक्रमणकारी थिए, त्यसमध्ये दुईले कालासिन्कोभ राइफल र एकजनाले पेस्तोल बोकेका थिए ।

समाचार संस्थाले दुईजना सुरक्षा गार्ड घाइते भएको छ । राजधानी तेहरानबाट केहि किलोमिटर दक्षिणमा रहेको खोमेनीको प्रार्थानास्थलमा पनि समान समयमा गोली चलेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार