एजेन्सी
लण्डन, जेठ २३ – शनिबार राती लण्डनमा आतंकवादी आक्रमण गर्ने तीन जनामध्ये दुई जनाको नाम प्रहरीले सार्वजनिक गरेको छ ।सार्वजनिक गरिएकामध्ये २७ वर्षीय खुरमान बट बार्किङका निवासी थिए । उनीबारे प्रहरी र एमआई फाइभलाई जानकारी भए पनि आक्रमणबारे कुनै सूचना नभएको बताइएको छ ।
त्यस्तै दोस्रो आक्रमणकारी पनि बार्किङकै ३० वर्षीय राचिद रेडाउने रहेका छन् । उनले आफू मोरोक्कन–लिबियन रहेको बताउँदै आएका थिए ।दुवै जनाको प्रहरीको गोली लागेर मृत्यु भएको थियो । घटनापछि प्रहरीले १२ जनालाई पक्राउ गरे पनि उनीहरुलाई रिहा गरिएको छ ।
शनिबार ७ जनाको मृत्यु तथा ४८ घाइते हुने गरी भएको घटनापछि ७ महिला र ५ पुरुषलाई बार्किङमा आइतबार पक्राउ गरिएको थियो ।
आक्रमणकारीले भाडामा भ्यान लिएर लण्डनको पुलमा पैदलयात्रुहरुमाथि कुदाउँदै अन्यमाथि चक्कु प्रहार गरेका थिए ।बेलायतको नेसनल हेल्थ सर्भिसका अनुसार घाइतेमध्ये ३६ जना अस्पतालमा रहेका छन् जसमध्ये १८ को हालत नाजुक रहेको बताइएको छ ।