तमु जातिको मौलिक क्होइवो वेलायतमा वनाउनको लागि स्वदेशबाटै सहयोगको ओइरो

तमु जातिको मौलिक क्होइवो वेलायतमा वनाउनको लागि स्वदेशबाटै सहयोगको ओइरो


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २१ जेष्ठ २०७४
  • 10K
    Shares

तमु जातिको मौलिक क्होइवो तथा सामुदायिक भवन विदेशमा वनाउनको लागि स्वदेशबाटै पनि सहयोगको ओइरो लागेको छ। वेलायतमा रहदै आएका तमुहरुले तमु जातिको मौलिक पहिचान दिने क्होइवो एवं सामुदायिक भवन निर्माण गर्नका लागि वेलायतमा घरदैलो, मारय ट फिल्म प्रदर्शन एवं कल्याणकारी कार्यक्रम गर्दै हालसम्म ७ करोड रुपैयाँ संकलन गरी सकेको खण्डमा नेपालबाटबाट प्रोत्साहन मिलेको हो।

उक्त अभियानलाई सहयोग गर्ने उद्देश्यले तमु प्ये ल्हु संघ केन्द्रीय समितिको आयोजनामा आज जेठ २० गते विविध साँस्कृतिक कार्यक्रम को आयोजना  गरिएको सो कार्यक्रममा क्होइवो निर्माणको सहयोगार्थ विभिन्न संघ संस्था, व्यक्ति र तमु प्ये ल्हु संघ केन्द्रीय समिति, भातृ संगठनहरु, इकाई समाजहरुबाट २१ लाख रुपैया संकलन गर्न सफल भएको छ ।

 सो अवसरमा सगरमाथा आधार शिविरदेखि नाम्चेवजारसम्म ४२.१९५ कि.मि. तेन्जिङ हिलारी एभरेष्ट म्याराथन दौड प्रतियोगिता २०१७ मा तमु प्ये ल्हु संघको प्रतिनिधित्व गर्दै वेलायतका सोम त्होर्जे तमु, सूर्य थिम्चे तमु, अञ्जु ल्होँ तमु र वविता प्हच्यु तमुलाई मेयर तथा उपमेयरबाट क्रेग्री क्रम्रु र सम्मान–पत्रले सम्मान गरेको थियो ।

तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्ष हितकाजी टु तमु तथा निर्वातमान अध्यक्ष क्या. रुप बहादुर गरव्ज तमुबाट उहाँहरुलाई फुलमाला, क्रेग्री, क्रम्रुले सम्मान गरिएको थियो ।उक्त कार्यक्रम संघका केन्द्रीय अध्यक्ष हितकाजी टु तमुको अध्यक्षतामा भएको थियो भने महासचिव शान्ती पर्जु तमुस्यो र सचिव बुद्धि प्रसाद च्हम्रु तमुले संचालन गर्नु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार