काठमाडौं, जेठ १६ –अभिनेत्री साम्राज्ञीलक्ष्मी शाह अभिनित चलचित्र ‘ए मेरो हजुर २’ अर्काे गीत सार्वजनिक भएको छ । ‘किनीदेउ न साइला दाई’ बोलको गीतमा अभिनेत्री साम्राज्ञी लक्ष्मी शाहको आर्कषक अभिनय देख्न सकिन्छ ।
मारुनी शैलीमा निर्माण गरिएको भिडियोमा अभिनेत्री साम्राज्ञी नेपाली पहिरन देखिएकी छन् । पहिरन उनलाई निकै सुहाएको छ ।
बसन्त सापकोटाको शब्द, संगीत रहेको गीतमा साधना सरगमको स्वर छ । गीतको भिडियोमा भने कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।
भदौ १६ मा प्रदर्शनमा आउने यो चलचित्रमा साम्राज्ञीसँगै नवकलाकार सलिनमान बानियाँ, सलोन बस्नेत, अनुभव रेग्मी, बुद्दी तामाङ, अनुराग कुँवर, विल्सनविक्रम राई, सुमन पौडेल लगायतका कलाकारको अभिनय छ ।
सुहाना इन्टरटेनमेन्टको प्रस्तुतीमा सुनिलकुमार थापा प्रोडक्सनबाट निर्माण भएको चलचित्रलाई अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् । झरनाको यो डेब्यु चलचित्र हो ।