चट्याङ लागेर बाबुछोरीको मृत्यु,२०७१ सालयता चटयाङबाट ३ सय ३६ जनाको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु,२०७१ सालयता चटयाङबाट ३ सय ३६ जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १६ जेष्ठ २०७४
  • 10.2K
    Shares

१६ जेठ । प्युठानमा चट्याङ लागेर आज विहान बाबुछोरीको मृत्यु भएको छ । सरुमारानी गाउँपालिका २ को गहना खोलाका ५५ बर्षीय हरिभक्त सुनार र उहाँका १२ वर्षीया छोरी सरिताको मृत्यु भएको हो ।

घरमा बसिरहका बेला अचानक परेको चट्याङ लागेर उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

२०७१ सालयता चटयाङबाट ३ सय ३६ जनाको मृत्यु हुनुका साथै ९ सय २९ जना घाइते भएका छन् । चटयाङमा प्रहरी तथ्यांकले बर्सेनि सयभन्दा बढीको मृत्यु हुने गरेको देखाउँछ । २०७१ सालमा १ सय १९ जनाको मृत्यु हुनुको साथै २ सय ८६ जना घाइते भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार