सलमान खानको चलचित्र ट्युबलाइटको ट्रेलर सार्वजनिक (भिडियो सहित)

सलमान खानको चलचित्र ट्युबलाइटको ट्रेलर सार्वजनिक (भिडियो सहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १२ जेष्ठ २०७४
  • 12.9K
    Shares

पोखरा/सलमान खानको बहुप्रतीक्षित फिल्म ट्युबलाइटको ट्रेलर बिहीवार राति सार्वजनिक भएको छ । दुई मिनेटको ट्रेलरले दर्शकलाई भावुक बनाउँछ । ट्रलरमा सलमान र उनका भाइ सोहेलको केमिस्ट्री गजबको देखिन्छ ।

यसअघि आएको टीजरमा भएका धेरै कुरा नै ट्रेलरमा परेका छन् । सलमान फिल्ममा लक्ष्मण सिंह बनेका छन् र सन् १९६२ मा भएको भारत चीन युद्धका क्रममा हराएका आफ्ना भाइको खोजीमा छन् । सलमान र सोहेलको सम्बन्ध फिल्ममा मीठो गरी देखाइएको भान हुन्छ।
ट्रेलरमा सोहेल खान भारतीय सैनिकका रूपमा देखापरेका छन् । लद्दाखमा उनले वीरतापूर्वक लडेका दृश्यहरू देखिन्छन् । सलमान खानले निर्माण गरेको यो फिल्म कबीर खानले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया