पोखरा, ४ बैशाख २०८३ ।
हत्याको आरोपमा कञ्चनपुरमा पक्राउ परेकी बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथ अस्पताल भर्ना भएकी छिन्।
बेलडाँडी गाउँपालिका–३ का ५० वर्षीय हरिकिसन रानाको हत्या आरोपमा बिहिवार साँझ पक्राउ परेकी गाउँपालिका उपाध्यक्ष नाथ महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगर भर्ना भएकी हुन्।
उपाध्यक्ष नाथको स्वास्थ्य अवस्थाको निगरानी भइरहेको र आवश्यक उपचार जारी रहेको प्रहरीले जानकारी दिएको छ।
गत वैशाख ९ गते बिहान मोटरसाइकलमा भारतको कलकत्ता जाने भन्दै घरबाट निस्किएका राना केही घण्टामै बेलौरी नगरपालिका–१० शिवनगरस्थित मसानघाट नजिक जलेको अवस्थामा मृत फेला परेका थिए ।
उनी सवार मोटरसाइकलसमेत पूर्ण रूपमा जलेको अवस्थामा भेटिएको थियो । उपाध्यक्ष नाथबिरुद्ध किटानी जाहेरी परेपछि नियन्त्रण लिईएकाे कञ्चनपुर प्रहरीले जानकारी दिएको छ ।