तनहुँकाे बिमलनगरमा ट्रकले ठक्कर दिंदा पैदलयात्रीको निधन

तनहुँकाे बिमलनगरमा ट्रकले ठक्कर दिंदा पैदलयात्रीको निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ४ बैशाख २०८३
  • 912
    Shares

पोखरा, ४ बैशाख २०८३ ।

तनहुँकाे बिमलनगरमा ट्रकले ठक्कर दिंदा एक पैदलयात्रीको निधन भएको छ।

दमौलीबाट आँबुखैरेनी तर्फ जादै गरेको प्र३-०१-००३क ४८९८ न. को ग्यास सिलिण्डर बोकेको ट्रकले बन्दिपुर गाउँपालिका वडा नम्बर ४ बिमलनगर स्थित पृथ्बीराजमार्गमा बिहिबार राती ठक्कर दिंदा एक जना पैदलयात्रीको निधन भएको हो।

ट्रकको ठक्करबाट तनहुँको बिमलनगरमा मृत्यु भएका पैदलयात्रु खुदबहादुर त्गापा
ट्रकको ठक्करबाट तनहुँको बिमलनगरमा मृत्यु भएका पैदलयात्रु खुदबहादुर त्गापा

उक्त ट्रकले ठक्कर दिंदा गम्भीर घाइते भएका पैदलयात्री गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ६ बस्ने अन्दाजी ६१ वर्षीय खुदबहादुर थापाको उपचारको क्रममा लक्ष्मीसिटी अस्पताल डुम्रेमा निधन भएको प्रहरीले जानकारी दिएको छ।

उक्त घटना पश्चात उक्त ट्रकका चालक चितवनको राप्ती नगरपालिका वडा नम्बर ६ बस्ने बर्ष ४० को दिनेश चाैधरीलाई नियन्त्रणमा लिईएकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया