पोखरा, ३ बैशाख २०८३ ।
राइड शेयरिङका नाममा अफलाइनमा पठाओ र इनड्राइभ चलाएर यात्रु ठगी गरेको आरोपमा १३ जना राइडरहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले आज पोखराका बिभिन्न स्थानहरुमा गरेको सवारी चेकिङका क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरुमा स्याङ्जा घर भई पोखरा ८ बस्ने ३२ वर्षीय विष्णु बहादुर नेपाली र पोखरा १७ का ३६ वर्षीय राजन परियार छन् । यस्तै पोखरा १३ का ४६ वर्षीय लिल बहादुर गुरुङ, पोखरा २१ का २२ वर्षीय प्रविण थापा र तनहुँ घर भई पोखरा १७ बिरौटा बस्ने ३१ वर्षीय नवीन थापालाई पनि प्रहरीले पक्रेको छ । पोखरा १५ का ४६ वर्षीय दीपक कुमार गुरुङ, पोखरा १४ का ५४ वर्षीय अम्बर बहादुर महतरा र रुपा ७ का ३२ वर्षीय माधव कुइकेल पनि समातिएका छन् ।
प्रहरीका अनुसार मादी ७ का ३३ वर्षीय बुद्धि बहादुर विक, पोखरा १७ का ३० वर्षीय विक्की लामा र तनहुँ भानु ७ का ४० वर्षीय कृष्ण कुमाल पनि पक्राउ परेका हुन् । त्यस्तै गोर्खा घर भई पोखरा १३ बस्ने ३२ वर्षीय मीन बहादुर थापा र सोही ठाउँका २३ वर्षीय कृष्ण बहादुर गुरुङलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरु सबैले पोखरा नगर क्षेत्रभित्र अफलाइन राइड सेयरिङ गरी ठगी गरेको प्रहरीको दाबी छ ।
पक्राउ परेका राइडरहरुले मोबाइल एपमा आबद्ध भई वा नभई अफलाइनमा मोटरसाइकल चलाएर यात्रु ठग्ने गरेका प्रहरीले बताएको छ ।
उनीहरुले यात्रुहरुसँग तोकिएको भन्दा धेरै भाडा मागेको र अनावश्यक दुःख दिएको सूचना प्रहरीलाई प्राप्त भएको थियो । यात्रुलाई हैरानी दिएको व्यापक गुनासो आएपछि प्रहरीले खोजी कार्य तीव्र बनाएको थियो । पक्राउ परेकाहरुमाथि अहिले आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक गणेश पाण्डेले बताए ।
प्रहरी नियन्त्रणमा रहेका राइडरहरु
- जिल्ला स्याङ्जा घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.८ आलुमाईला
चोक बस्ने वर्ष ३२ को बिष्णु बहादुर नेपाली, - जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. १७ छोरेपाटन बस्ने वर्ष ३६ को राजन परियार,
- जिल्ला कास्की पोखरा म.न.पा.वडा नं.१३ गौडाको मुख बस्ने वर्ष ४६ को लिल बहादुर
गुरुङ, - जिल्ला कास्की पोखरा म.न.पा.वडा नं. २१ निर्मलपोखरी बस्ने बर्ष २२ को प्रबिण थापा,
- जिल्ला तनहुँ घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा.वडा नं. १७ बिरौटा बस्ने बर्ष
३१ को नवीन थापा, - जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. १५ रामबजार बस्ने बर्ष ४६ को दिपक कुमार
गुरुङ, - जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. १४ रामबजार बस्ने बर्ष ५४ को अम्मर बहादुर
महतरा, - जिल्ला कास्की रुपा गाउँपालिका वडा नं. ७ बस्ने बर्ष ३२ को माधव कुईकेल,
- जिल्ला कास्की मादी गाउँपालिका वडा न. ७ बस्ने बर्ष ३३ को बुद्धि बहादुर वि.क.,
- जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. १७ बिरौटा बस्ने बर्ष ३० को बिक्की लामा,
- जिल्ला तनहुँ भानु न.पा. वडा नं. ७ बस्ने वर्ष ४० को कृष्ण कुमाल,
- जिल्ला गोरखा घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. १३ बस्ने वर्ष ३२
को मिन बहादुर थापा, - जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. १३ बस्ने वर्ष २३ को कृष्ण बहादुर गुरुङ ।