पोखरा, ३ बैशाख २०८३ ।
जेन जी आन्दोलनका क्रममा रौतहट जिल्ला कारागारबाट भागेका एक कैदी झन्डै साढे सात महिनापछि पोखरामा पक्राउ गरेका छन्।
जेन जी आन्दोलनका क्रममा गएको जेठ २४ गते रौतहट जिल्ला कारागारबाट भागेका हाडनाता जबरजस्ती करणी सम्बन्धी मुद्दाका कैदी रौतहट डुमडिया गाउँपालिका वडा नं. १० बस्ने वर्ष ३० को केदार परियार भन्ने केदार
दमै बुधबार पोखराको पृथ्बीचोकबाट पक्राउ परेका हुन्।
उनलाई वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। उनलाई हाडनाता जबरजस्ती करणी कसुर सम्बन्धि मुद्दामा रौतहट जिल्ला अदालतले दोषी ठहर गर्दै २५ बर्ष कैद सजाय तोकेको प्रहरीले बताएको छ। अदालतले २५ वर्ष कैद सजायं तोकेकोमा अझै १८ वर्ष चार महिना कैद सजाय भुक्तान गर्न बाँकी रहेको प्रहरीको दाबी छ।
रौतहट जिल्ला अदालतले गरेको फैसला बमोजिम कैद भुक्तान गर्नका लागि आज कारागार कार्यालय
कास्कीमा बुझाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।