सुदूरपश्चिम प्रदेश प्रहरी गणका भान्से चौधरीको उपचारका क्रममा मृत्यु

सुदूरपश्चिम प्रदेश प्रहरी गणका भान्से चौधरीको उपचारका क्रममा मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३ बैशाख २०८३
  • 2.9K
    Shares

काठमाडौँ, ३ बैशाख २०८३ ।

सुदूरपश्चिम प्रदेश प्रहरी गणमा कार्यरत भान्से अजय चौधरीको उपचारका क्रममा मृत्यु भएको छ।

वैशाख २ गते बिहान गणको मेस भवनको भान्साको माथिल्लो तलामा सरसफाइ गर्ने क्रममा लडेर उनी गम्भीर घाइते भएका भान्से चौधरीको सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ का २७ वर्षीय चौधरीलाई गम्भीर घाइते भै बेहोस अवस्थामा तत्काल उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी लगिएकोमा सोही अस्पतालमा उपचारका क्रममा आज बिहान करिब ४ बजे निधन भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

घटनापछि शवको पोस्टमार्टमको तयारी भइरहेको छ। यता मृतकका आफन्तले भने उपचारमा चिकित्सकको लापरबाहीका कारण चौधरीको मृत्यु भएको आरोप लगाएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया