काठमाडौँ, ३ बैशाख २०८३ ।
कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेका स्याङ्जाका दुई जना काठमाण्डौमा पक्राउ परेका छन्।
पक्राउ परेकाहरुमा स्याङ्जा स्थायी ठेगाना भई हाल काठमाडौंको टोखा नगरपालिका-७ का ६२ वर्षीय शान्तीरमण पंगेनी र ५८ वर्षीय टीका पंगेनी रहेको प्रहरीले जानकारी दिएको छ।
उनीहरु चारकरोड ५० लाख रुपैयाँ ठगी सम्बन्धी कसुर मुद्दामा मिति २०८२ चैत ५ गते कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइ हालसम्म फरार रहेका थिए । खोजतलास गर्ने क्रममा उनीहरुलाई बुधबार दिउँसो १ बजे काठमाडौँको टोखा नगरपालिका वडा नं. ७ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा पठाइएको प्रहरीले जनाएको छ।