काठमाडौँ, ३ बैशाख २०८३ ।
धनुषामा एक पूर्व वडाध्यक्ष मृत भेटिएका छन् । सबैला नगरपालिका–१२ का पूर्व वडाध्यक्ष प्रदिप महतो बुधबार राति ११ बजे गणेशमान चारनाथ नगरपालिका–९ स्थित कमला सिँचाइको पूर्वी नहरको तीन नम्बरमा पुलमा मृत अवस्थामा भेटिएका छन्। उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा सबैला नगरपालिका–१२ को वडाध्यक्षमा नेकपा एमालेबाट निर्वाचित भएका थिए ।
शव भेटिएको स्थलमा १०(१२ वटा बियरलगायत अन्य मादक पदार्थका खाली बोतल समेत भेटिएको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक विजय दत्तले जानकारी दिए । मृत्यु वा हुनुपूएर्व उक्त स्थानमा सामूहिक रूपमा मदिरा सेवन गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।‘मृत्युको ठोस कारण खुल्न सकेको छैन ।
घटनास्थलमा महतोसँगै रहेका भनिएका समूह हाल फरार रहेको प्रहरीले जनाएको छ । उनीहरुको पहिचान तथा खोजीको काम तीव्र पारिएको प्रहरी निरीक्षक दत्तले बताए ।
शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ ।