पोखरा , १ बैशाख २०८३।
प्युठानमा गोली लागेर एक युवाको मृत्यु भएको छ।
प्युठान जिल्लाको नौबहिनी गाउँपालिका–४ खवाङ निवासी विशाल परियारको गोली लागेर मृत्यु भएको हो।
शिकार खेल्ने क्रममा गौमुखी गाउँपालिका–४ पूजा खोला बाङमाथि सुअरखाल क्षेत्रमा आइतबार राति करिब ९ बजे भरुवा बन्दुकबाट चलाइएको गोली लागेर परियारको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
प्रारम्भिक जानकारी अनुसार, जंगली बदेल सम्झेर गोली चलाउँदा घाइते भएका विशाल परियार तत्काल उपचारका लागि बुटवलस्थित अस्पताल पुर्याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
यसैबीच स्थानीयवासीले सत्यतथ्य सार्वजनिक गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन र पीडितलाई न्याय दिलाउन नेपाल प्रहरीसँग माग गरेका छन्। उनीहरुले कुनै राजनीतिक शक्तिको आडमा अपराधी उम्कन नदिन र सत्य तथ्य छानबिन गरिदिन उनीहरुको प्रहरीसमक्ष अनुरोध गरेका छन।