मनाङमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

मनाङमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १ बैशाख २०८३
  • 3.5K
    Shares

पोखरा , १ बैशाख २०८३।

मनाङमा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

मनाङ मर्स्यांदी जलविद्युत आयोजनाको सिमेन्ट बोकेर बेँसीसहरदेखि मनाङको कोतोतर्फ जाँदै गरेको बा प्र ०६००१ क ०४६१ नम्बर ट्रक आज बिहान १० बजेतिर मनाङको नासों गाउँपालिका–३ धारापानीमा दुर्घटनाग्रस्त हुँदा चालकको मृत्यु भएको हो ।

उक्त दुर्घटनामा परेर ट्रकका चालक लमजुङ जिल्लाको मर्स्यांङ्दी गाउँपालिका–९ सिम्पानी बगैंचाका अन्दाजी ३७ वर्षीय रामबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मनाङ्ले जनाएको छ ।

मृतक गुरुङको शव परीक्षणका लागि प्रदेश अस्पताल लमजुङ लगिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया