पोखरा , १ बैशाख २०८३।
बागलुङ जिल्लाको बरेङमा ट्याक्टर दुर्घटनाग्रस्त हुँदा एक जनाको निधन भएको छ ।
बरेङको बाराकोटबाट नयाँ बजारतर्फ जाँदै गरेको ध १ त ६१३ नम्बरको ट्याक्टर बरेङ गाउँपालिका २ हुग्दिसिर घट्ट प्राबी नजिकै दुर्घटनाग्रस्त हुँदा एक जनाको निधन भएको हो । ट्याक्टर बिच बाटोमा पल्टिएको बताइएको छ।
उक्त दुर्घटनामा बरेङ गाउपालिका ३ धनमुढाका अन्दाजी २९ वर्षिय राजकुमार सार्कीको ज्यान गएको घटनास्थलबाट स्थानीय लोक बहादुर क्षेत्रीले जानकारी दिएका छन्।
घटनास्थलमा प्रहरी र स्थानीयले उद्धार गरेको इलाका प्रहरी कार्यालय बरेङ डाडाले जानकारी दिएको छ। थप विवरण आउन बाकी छ ।