दाङमा खुकुरी र तरवारसहित आठ जना पक्राउ

दाङमा खुकुरी र तरवारसहित आठ जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १ बैशाख २०८३
  • 684
    Shares

पक्राउ , गिरफ्तार , arrest, nail, hatkadi

पोखरा , १ बैशाख २०८३।

दाङको दारी चिया घरबाट तरवार र खुकुरीसहित आठ जना पक्राउ परेका छन्।

जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ स्थित सन्जित चौधरीको दारी चिया पसलमा शनिबार दिउँसो करिब साढे ४ बजेतिर धारिलो तरवार र खुकुरी समेत लिई गुण्डा गर्दी शैलीमा अराजक तरिकाले शान्ति सुरक्षामा नै खलल पुर्याउने जस्ता गतिविधि गरेको आरोपमा तरवार र खुकुरीसहित आठ जना पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक रेशम बोहराले दिएको जानकारी अनुसार , तुलसीपुर १२ निवासी २० वर्षीय प्रकाश छन्तेल, तुलसीपुर ६ निवासी २१ वर्षीय कमल खड्का, सोही ठाउँका २१ वर्षीय टेकम डाँगी, १८ वर्षीय प्रशान्त भण्डारी, १८ वर्षीय रिजन भण्डारी, तुलसीपुर ९ निवासी २४ वर्षीय सुदन वली, तुलसीपुर ५ निवासी २१ वर्षीय आशिष भण्डारी र तुलसीपुर २ निवासी २२ वर्षीय निर्दोष बुढा मगरलाई पक्राउ गरिएको हो ।

उनीहरु विरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा सात दिन म्याद थप गरि अनुसन्धान गरिएको छ । स्रोतका अनुसार उनीहरुले कुनै ब्यक्तीमाथि आक्रमण गर्ने तयारी गरिरहेका थिए । त्यो सूचना पाएलगतै पुगेको सादा पोशाकको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया