पोखरा ३० चैत्र २०८२ ।
वीरगञ्जस्थित भारतीय महावाणिज्यदूतावास नजिक एक जना प्रहरी जवानको हत्या भएको छ।
घरबिदामा रहेका पर्साको कालिकामाई गाउँपालिका–१ मुड्ली निवासी प्रहरी जवान २७ वर्षीय विकास चौरसियाको वीरगञ्जस्थित भारतीय महावाणिज्यदूतावास नजिक आइतबार अपराह्न हत्या भएको हो । उनी सप्तरी जिल्लामा कार्यरत रहेको बताइएको छ।
रौतहट घर भएका एक परिवारले डेरा लिएर बसेको उक्त कोठामा विवाद चर्किँदै जाँदा रड प्रहार गरी उनको हत्या भएको स्थानीय बासिन्दाहरुले जानकारी दिएका छन्। घटनामा संलग्न तीन जना पुरुष र एक महिला गरी चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार आक्रमण कारीहरूले धारिलो हतियार प्रयोग गर्दै निर्घात कुटपिट गरेका थिए । सूचना पाउनासाथ पुगेको प्रहरी टोलीले अचेत अवस्थामा रहेका चौरसियालाई तत्काल अस्पताल पु¥याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । शव पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा राखिएको छ । प्रहरीले घटनाको कारण र संलग्न व्यक्तिहरूबारे थप अनुसन्धान भइरहेको बताएको छ ।