लमजुङमा माथिबाट खसेको ढुङ्गाले पुरिएर एक्साभेटर अपरेटरको मृत्यु

लमजुङमा माथिबाट खसेको ढुङ्गाले पुरिएर एक्साभेटर अपरेटरको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १२ चैत्र २०८२
  • 3.2K
    Shares

लमजुङमा एक्सावेटर

पोखरा , १२ चैत २०८२।

लमजुङमा माथिबाट खसेको ढुङ्गाले पुरिएर एक्साभेटर अपरेटरको मृत्यु भएको छ।

लमजुङ मर्स्याङ्दी गाउँपालिकामा सडक खन्ने क्रममा माथिबाट खसेको ढुङ्गाले पुरिएर एक्साभेटर अपरेटर नवलपरासी घर भएका अन्दाजी २० वर्षीय विक्की महतोको मृत्यु भएको हो।

प्राप्त विवरण अनुसार , बुधबार बिहान ९ बजेर ५० मिनेटको समयमा मर्स्याङ्दी–२ भदौरे भन्ने स्थानमा खुदिदेखि भुजुङ जाने सडक खण्ड खन्ने क्रममा ढुङ्गा खस्दा अपरेटर विक्की महतो पुरिएकोमा दिउँसो मात्र उद्धार गरिएको थियो ।

घटना पश्चात स्काभेटरको सहयोगमा सुरक्षाकर्मी र स्थानीय वासिन्दाले करिब ५ घण्टापछि महतोको शव निकालेका हुन् । निजको शव पोस्टमार्टमको लागि बेसीशहरस्थित प्रदेश अस्पताल लमजुङको शवगृहमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

मृतकको शव अस्पतालमै राखिएको छ भने आफन्तलाई जानकारी गराइसकेकाले आफन्त आएपछि बिहीबार मात्र शव परीक्षण गरेर बुझाउने प्रहरीले जनाएको छ।

लमजुङ मस्र्याङदी गाउँपालिका–२ भाचे–भदौरे नजिक सडक फराकिलो बनाउने क्रममा ढुंगा फुटाउँदा पहरा खसेर मृत्यु भएका अपरेटर महतो ५-६ दिन अघि मात्रै लमजुङ आएको पाइएको छ ।

प्रतिक्रिया