पोखरा, ४ जेठ/पोखरामा बिहीबार दिऊसो आकस्मिक परेको पानी र हावाहुरीले ठाउँ ठाउँमा क्षती पुर्याएको छ। हावाहुरीले पोखरा १७ डेमसाइड स्थित पर्यटन बोर्डको अफिस नजिकै रुख ढल्दा सडक अवरुद्द भएको छ । ढलेको रुखले गर्दा आसपासका घरका झालहरु फुट्नुका साथै बिजुली प्रसारणमा समेत अवरोध भएको छ |
केही दिन यता पोखरामा मध्यानको समयमा पर्ने आकस्मिक हावाहुरी सहितको वर्षाले ठाउ ठाउमा घटनाहरु घटेका छन |२ दिन अघि मात्र अविरल वर्षा हुदा पोखराको सिदार्थ चोक नजिक मुलसडकको देब्रे साइडमा करिव १.५ मिटर गहिरो भ्वांग परेको थियो| आकस्मिक पर्ने वर्षाले गन्तव्य सम्म पुग्न हिडेका यात्रुहरु समेत अलमलमा परेका छन|