दक्षिण कोरियामा दुई नेपालीको मृत्यु

दक्षिण कोरियामा दुई नेपालीको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ३० बैशाख २०७४
  • 10K
    Shares

दक्षिण कोरियामा काम गरिरहेका दुई नेपालीको मृत्यु भएको छ । स्याङ्जा मनकामना मोर्दी -१ निवासी तेजबहादुर गुरुङ र कैलाली फूलबारी २० का छविलाल चौधरीको निधन सोलस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

दुवैजना ईपीएसमार्फत वैदेशिक रोजगारीका यहाँ आइपुगेका थिए । उनीहरुले बंगुर फार्ममा काम गरिरहेका थिए । फार्मको भूमिगत ट्यांकी सफा गर्नेक्रममा निस्सासिएर गएराति नाै बजे उनीहरुको मृत्यु भएको बताएको हो । बंगुर फार्म ख्यगंसान बुक्दोको थेगु सहरबाट करिब एक घण्टाको दूरीमा पर्दछ ।

फार्मकाे भूमिगत ट्यांकी सफा गर्ने क्रममा अक्सिजन कमी भएर दुवैजना बेहोस भएका थिए । बेहोस भएको केही समयपछि अन्य कामदारले देखेपछि अस्पताल लैजादै गर्दा मृत्यु भएको बताइएको छ ।

तीन वर्षअघि कोरिया आएका मृतक गुरुङ सोही फार्ममा कार्यरत ११ जना नेपाली कामदारका टिम क्याप्टेन थिए । चौधरी २ महिनाअघि मात्र कोरिया आएका थिए । नेपाल सरकारले योपटक पनि सयौं नेपाली युवयुवतीलाई ईपीएसमार्फत दक्षिण कोरिया पठाउँदैछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार