आश तमु २८,पोखरा/ आज पोखरा शृखलाबद्द रुपमा चुनाव प्रचार प्रसार सवारी साधन माथी आक्रमण भएको छ।दिउँसो मात्र पोखराको बिजयपुरमा नेपाली काङ्रेसको चुनावमा प्रयोग गरिदै आएको जिपमा प्रेटोल बम्ब प्रहार भए पछी अर्को घटना उत्तम चोकमा एमालेको ग १ ज २५११ को सवारी माथी मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिहरुले साझ ८:३० बजे प्रेटोल बम्ब प्रहार गरि फरार भएको प्रहरीले वताएका छन।भोलि २९ पछी चुनावको मौन समय सुरु हुनु भए पछी आज प्रचार प्रसारको अन्तिम दिन प्रचार प्रसार सकेर फर्किदै गर्दा उत्तम चोकमा सवारी माथी आक्रमण भएको हो। मोटर साइकलमा आएका दुई अपरिचित व्यक्तिले पेट्रोल बम्ब प्रहार गरेको बताए।सवारीमा सामान्य क्षति भए पनि कुनै अप्रीय घटना भने नघटेको र आक्रमणकारीले चलाएको मोटरसाइकल नम्बर पहिचान भएकोले खोजी कार्य जारी रहेको प्रहरीले बताए।