कपिलवस्तुमा गोली चल्यो, वन हेरालु घाइते

कपिलवस्तुमा गोली चल्यो, वन हेरालु घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १९ जेष्ठ २०७३
  • 9.3K
    Shares

कपिलवस्तुमा सिकार खेल्न गएका सिकारीले चलाएको गोली लागेर कपिलवस्तु साझेदारी वनका एक हेरालु गम्भीर घाइते भएका छन् ।घाइते हुनेमा भृकुटी नगरपालिका ४, चम्पापुर बस्ने वनहेरालु २५ वषर्ीय जगन्नाथ थारु रहेका छन् । चुरे पहाड नजिकै दुईमुनियाको पश्चिमपट्टी अस्पताल भन्ने ठाउँमा दश जनाको टोलीसँगै वन अनुगमनमा गएका थारु शिकारीले चलाएको गोली लागेर घाइते भएका हुन् ।

उनको दाहिने कन्चटमा गोली लागेको छ । सिकारीले सिकार हान्ने क्रममा चलाएको गोली मान्छेलाई लागेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक राजकुमार शिलवालले जानकारी दिए ।

जंगलमा मानिसलाई गोली लागेको थाहा पाएपछि सिकारी भागेको छन् । दिउँसो करीब १२ बजेको समयमा थारुलाई गोली लागेको भएपनि वडा प्रहरी कार्यालयको टोलीले करीब २ घण्टापछि फेला पारी चन्द्रौटा ल्याइपुर्‍याएको थियो ।

घाइते थारुलाई चन्द्रौटास्थित संजीवनी सामुदायिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल रिफर गरिएको छ ।

प्रतिक्रिया