क्याम्पस प्रमुख र लेखापालको मिलेमतोमा झण्डै ३८ लाख भ्रष्टाचार

  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १६ जेष्ठ २०७३
  • 10.8K
    Shares

बाजुराको श्री बडिमालिका क्याम्पसका प्रमुख र लेखापालले आपसी मिलेमतोमा झण्डै ३८ लाख रुपैयाँ भ्रष्टाचार गरेको खुलासा भएको छ । दुवैले खर्च नै नगरी विभिन्न शीर्षकमा बिल भरपाई बनाई ३७ लाख ७१ हजार ९४१ रुपैयाँ भ्रष्टाचार गरेको पाइएको हो ।

अख्तियारद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को (ङ) बमोजिम कसुर गरेको देखिएकोले  कायम गरी निजहरू नवराज जैसी र लेखापाल लाल बहादुर रावललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कसुरको मात्रा अनुसार कैद सजाय, बिगो बमोजिम जरिवाना गरी निजहरूबाट बिगो रू. ३७,७१,९४१।– मागदाबी लिई विशेष अदालत काठमाण्डौमा आरोपपत्र दायर गरिएको छ।

त्यस्तै विभिन्न आ.व.हरूका लेखा परिक्षक द्वय तिलक बहादुर थापा र चेत बहादुर बमले पनि लेखापरिक्षण सम्बन्धी प्रचलित कानूनको परिधिभित्र नरही बदनियतसाथ क्याम्पसले तयार गरेको झुठा बिल भरपाई र कागजातहरूको आधारमा लेखा परिक्षण गरेको पुष्टी भएको छ । उनीहरु पनि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (१) बमोजिमको कसुर गरेको देखिएको हुँदा ष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (१) बमोजिमको कसुरको मात्रा अनुसार कैद र जरिवाना हुन मागदाबी लिई विशेष अदालत काठमाण्डौमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।

– See more at: http://www.ratopati.com/news/53520/#sthash.hX9qdzUQ.dpuf

प्रतिक्रिया