हामीलाई जर्बजस्त युद्धमा धकेल्न षडयन्त्र भइरहेको छ : नेत्रविक्रम चन्द ‘विप्लव”

हामीलाई जर्बजस्त युद्धमा धकेल्न षडयन्त्र भइरहेको छ : नेत्रविक्रम चन्द ‘विप्लव”


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ११ जेष्ठ २०७३
  • 11.7K
    Shares

नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले राज्य पक्षबाट आफुहरुलाई जर्बजस्त युद्धमा धकेल्न षडयन्त्र भइरहेको बताएका छन् । काठमाडौंमा वैवाहिक जीवनमा बाधिएका आफ्नो छोरी­ज्वाइँको शुभकामना कार्यक्रममा आयोजित एक कार्यक्रममा विप्लवले राज्य पक्षले अनावयश्क आफुहरुलाई जर्बजस्त युद्धमा धकेल्न खोजिरहेको आरोप लगाए । कार्यक्रममा महासचिव विप्लवले भने, ‘राज्य पक्षले हामीलाई अनावश्यक युद्धमा जान थाल्यो भनेर  प्रचार गरिरहेको छ ।’ उनले भने, ‘हामी युद्धमा जान चाहिरहेका छैनौं । तर राज्य पक्षले एकतर्फी षडयन्त्र गरिहेको छ ।’

 

देशमा यही स्थिति रहिरहे आजका युवाहरुले विद्रोहबाट राज्यको षडयन्त्रलाई चिर्ने बताए । ‘राज्यले जर्बजस्त युद्धमा धकेले  जनताले बाध्य भएर त्यसको प्रतिरोध गर्ने छन् ।’ उनले भने, ‘हामी नेपाली जनताले गर्ने विद्रोहको नेतृत्व गर्न बाध्य हुनेछौं ।’

आज देश र युवाहरुको अवस्था निकै दर्दनाक बनिरहेकोप्रति निकै चिन्तित बनेका महासचिव विप्लवले देश बनाउन युवाहरुलाई आग्रह गरे । उनले विदेशमा रहेका लाखौं युवाहरुलाई नेपाल बनाउने अभियानमा स्वदेशमै फर्कन आग्रह गरे ।

‘२१ औं शताव्दीमा पनि हाम्रा युवाहरु विदेशमा गुलाम बनिरहनु भएको छ ।’ उनले भने, ‘हामी ती युवाहरुको भविष्य  यही स्वदेशमा सुनिश्चित गर्न चाहन्छौं ।’ विप्लवले देश र युवाको भविष्य बनाउन आवश्यक परे अर्को आन्दोलनमा जुट्न युवाहरुलाई आग्रह गरे ।

प्रतिक्रिया