गैँडाकोटमा गएराती आफ्नै छोराको खुर्पा प्रहार गरी हत्या

गैँडाकोटमा गएराती आफ्नै छोराको खुर्पा प्रहार गरी हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १७ जेष्ठ २०८३
  • 3.8K
    Shares

पोखरा, १७ जेठ २०८३।

नवलपुरको गैँडाकोटमा गएराती आफ्नै छोराको खुर्पा प्रहार गरी हत्या भएको छ।

नवलपुरको गैँडाकोट नगरपालिका–१५ चिन्तामणी टोलमा शनिबार राति करिब १० बजे स्थानीय ६३ वर्षीय डम्बर गिरीले आफ्नै ४३ वर्षीय छोरा शंकर गिरीलाई टाउकोमा खुर्पा प्रहार गरी हत्या गरेका हुन्।

बाबुले खुर्पाले हानेर गम्भीर घाइते भएको ठानिएका शंकर गिरीलाई तत्काल उद्धार गरेर उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज पठाइएकोमा उपचारकै क्रममा राति १०ः४५ बजे चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जानकारी दिएको छ ।

छोरा शंकर गिरीको मृत्यु भएसंगै बाबु डम्बर गिरीलाई घटनामा प्रयोग गरिएको खुर्पासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। एआइले तयार पारेको चित्र

प्रतिक्रिया