चर्चित टिकटिकर तुलसा अधिकारी थाइल्यान्डबाट पक्राउ

चर्चित टिकटिकर तुलसा अधिकारी थाइल्यान्डबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १७ जेष्ठ २०८३
  • 912
    Shares

चर्चित टिकटिकर तुलाषा अधिकारी

पोखरा, १७ जेठ २०८३।

 चर्चित टिकटकर तुलसा अधिकारी भनेर चिनिने तुलसी अधिकारीलाई थाइल्यान्डबाट पक्राउ गरेर नेपाल ल्याइएको छ।

ललितपुर जिल्ला अदालतमा सम्पत्ति शुद्धिकरण, आपराधिक लाभ र ठगी मुद्दा रहेकी अधिकारीलाई नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा पक्राउ गरेर गएराती नेपाल ल्याएको हो । उनलाईथुनछेक प्रयोजनका लागि सोमबार अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए।

प्रहरीका अनुसार , उनीविरुद्ध २०८२ चैतमा ६ करोड ५२ लाख २९ हजार बिगो कायम गरेर सरकारी वकिल कार्यालयले मुद्दा दायर भएको थियो । अधिकारीविरुद्ध ललितपुरका एकजना व्यवसायीले जाहेरी दिएका थिए । मुद्दामा अधिकारी सहित १० जना प्रतिवादी छन् । 

तुल्सा कलेक्सन प्रालिकी सञ्चालिका अधिकारीले व्यवसायीलाई बलात्कार मुद्दामा फसाउँछु भनेर लगातार ‘ब्ल्याकमेलिङ’ गर्ने गरेको आरोप लगाएका छन् । ब्ल्याकमेलिङ गरेर अधिकारीले आफूसँग चार करोड ५० लाख बराबरको नगद र जिन्सी लिएको व्यवसायीले दाबी गरेका छन् ।

प्रतिक्रिया