साउदीमा आममाफीको घोषणा, देश छोड्न चाहनेले ९० दिनभित्र निवेदन दिनुपर्ने

साउदीमा आममाफीको घोषणा, देश छोड्न चाहनेले ९० दिनभित्र निवेदन दिनुपर्ने


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ६ चैत्र २०७३
  • 17.3K
    Shares

साउदी अरवमा अवैधानिक रुपमा बस्दै आएका आप्रवासी कामदारलाई विना कानूनी झण्झट स्वदेश फर्किनका लागि आममाफीको घोषणा गरिएको छ । साउदी अरवका राजकुमार मोहम्मद विन नईफले यस्तो घोषणा गरेका हुन ।

अरव न्यूजका अनुसार राजकुमार नईफले एक अभियानको उद्घाटन गर्दै साउदी अरवमा गैरकानूनी रुपमा बसिरहेकाहरुका लागि आममाफीको कार्यक्रमको जानकारी गराएका हुन् । उनले दिइएको सुविधाको सदुपयोग गर्न समेत आग्रह गरेको समाचारमा जनाइएको छ । आममाफी आगामी मार्च २९( १६, चैत्र) देखि लागु हुने र यसको समयावधि ९० दिनको हुने जनाइएको छ ।

घोषणामा राजकुमार नईफले सो समयभित्र साउदी छोड्न चाहनेहरुलाई आवश्यक सहयोग गर्न सरकारी अधिकारीलाई निर्देशन समेत दिएको जनाइएको छ ।

प्रतिक्रिया