ठुलो मात्रामा ट्यापेन्टाडोलसहित पोखराबाट छ जना लागू औषध कारोबारी पक्राउ

ठुलो मात्रामा ट्यापेन्टाडोलसहित पोखराबाट छ जना लागू औषध कारोबारी पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३१ साउन २०८३
  • 1.6K
    Shares

drugs in pokhara

पोखरा , ३१ साउन २०८३।

ठुलो मात्रामा ट्यापेन्टाडोलसहित पोखराबाट छ जना लागू औषध कारोबारी पक्राउ परेका छन्।

पोखरा महानगरपालिका–१, सिम्पानीबाट गएको शुक्रबार साँझ करीब सात बजेको समयमा ठुलो मात्रामा ट्यापेन्टाडोलसहित छ जना लागू औषध कारोबारी पक्राउ परेका हुन्।

प्रहरीका अनुसार , पक्राउ पर्नेमा धादिङको गंगाजमुना गाउँपालिका–१ घर भई हाल पोखरा महानगरपालिका–१ कस्केरी बस्ने २१ वर्षीय लुकाश तामाङ, सोही गाउँपालिका–१ घर भई पोखरा–१९ लामाचौर बस्ने २२ वर्षीय सुवास तामाङ र पर्वतको मोदी गाउँपालिका–८ चित्रे घर भई पोखरा–१६ बाटुलेचौर मैदान बस्ने २१ वर्षीय स्वस्तम गुरुङ रहेका छन्।

त्यस्तै, पोखरा महानगरपालिका–१ सिम्पानीका १९ वर्षीय विकास तामाङ, पोखरा–१९ लामाचौरका २५ वर्षीय सन्दिप गुरुङ र कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ घाचोक घर भई हाल पोखरा–२५ याम्दी बस्ने २० वर्षीय सुमित पुन मगरलाई पनि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। उनीहरूको साथबाट ८ सय चक्की ट्यापेन्टाडोल, नगद ८ हजार रुपैयाँ र चार थान मोबाइल बरामद गरेको जनाएको छ।

पक्राउ परेका सबैविरुद्ध लागूऔषधसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिक्रिया