तनहुँमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

तनहुँमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३१ साउन २०८३
  • 1.5K
    Shares

पोखरा , ३१ साउन २०८३।

तनहुँको आँबुखैरेनी गाउँपालिका–२ खानिखोलास्थित पृथ्वीराजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

शुक्रबार राति करिब ८ बजे लु २ ख ४६८४ नम्बरको ट्रक र ग २४ प ८४९० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा मोटरसाइकल चालक आँबुखैरेनी गाउँपालिका–१ सत्रसय निवासी २४ वर्षीय आर्यान पन्त घाइते भएका थिए।

दुर्घटनापछि पन्तलाई उपचारका लागि आँबुखैरेनी अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि चितवन पठाइएकोमा राति करिब ९ बजे चितवन मेडिकल कलेज (सीएमसी) अस्पताल, भरतपुर पुर्‍याइएको थियो।

अस्पतालमा उपचारका क्रममा राति ९ः३० बजे चिकित्सकले पन्तलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया