कालिकोटमा भिषण बाढीपहिरो, ३ जनाको मृत्यु, ७ बेपत्ता

कालिकोटमा भिषण बाढीपहिरो, ३ जनाको मृत्यु, ७ बेपत्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ७ जेष्ठ २०७३
  • 14.2K
    Shares

कालिकोटको कोटवाडामा बाढीसँगै आएको पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको छ । कोटवाडा–४ स्थित गेजबजारमा खहरे खोलामा आएको बाढीसँगैको पहिरोले पुरिँदा अस्थायी व्यवसाय गर्दै आएका तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कालिकोट रास्कोट स्यूना–५ का ३४ बर्षीय हिरा तिरुवा, स्यूना–२ का ५५ बर्षीय धनमति टमटा, घौला गोह गाविसका २२ बर्षीय लक्षु भण्डारी रहेको कालिकोट प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिँदा अन्य ५ जना घाइते भएका छन् । घाइतेमध्ये दुईजना बालकको अवस्था गम्भीर छ । त्यसैगरी पहिरोमा अन्य सातजना बेपत्ता भएको आशंका प्रहरीले गरेको छ । उनीहरुको खोजी भइरहेको छ । बाढी र पहिरोले गेजबजारमा रहेका २० वटा टहरासमेत बगाएको छ ।

प्रतिक्रिया