सिके राउतको अन्तरवार्ता प्रशारण गर्ने एबिसी टिभीलाई आमजनतासमक्ष क्षमायाचना गर्न निर्देशन

सिके राउतको अन्तरवार्ता प्रशारण गर्ने एबिसी टिभीलाई आमजनतासमक्ष क्षमायाचना गर्न निर्देशन


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३० बैशाख २०७३
  • 11.1K
    Shares

प्रेस काउन्सिलले सिके राउतको अन्तरवार्ता प्रशारण गरेको विषयमा आमजनतासमक्ष क्षमायाचना गर्न निर्देशन दिएको छ । काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको बिहिबार बसेको सो निर्देशन दिएको हो । एबिसी टेलिभिजनबाट प्रसारित सामग्रीको चर्को विरोध भएपछि काउन्सिलले कारबाही प्रक्रिया अघि बढाउदै ३ तीन दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन गरेको थियो ।

उक्त टेलिभिजनबाट अन्तर्वार्ता दिने व्यक्ति नै जिम्मेवार हुनुपर्ने भन्दै जुनसुकै प्रकृतिको विचार र अभिव्यक्ति प्रसारण गर्न पाउनुपर्नेे जवाफलाई प्रेस काउन्सिल नेपालले अस्वीकार गरेको छ ।

टेलिभिजनले राष्ट्रियता प्रतिको जनआस्थामा चोट पुर्‍याएको र पत्रकार आचारसंहिताको समेत गम्भीर उल्लङ्घन गरेको ठहर गरिएको काउन्सीलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया