नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेलले एकीकृत नेकपा माओवादी र यसका अध्यक्ष प्रचण्डसँग रामबहादुर थापा बादलले अात्मसमर्पण गरेकाे अाराेप लगाएका छन् । गजुरेलले बादललार्इ एमाअाेवादीसँग अात्मसमपर्ण गरेकै कारण एकताको सम्भावना अन्त्य भएको समेत बताएका छन् ।
विहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता गजुरेलले एमाओवादीले संसद र सरकार दुबै नछाडेकै कारण उनीहरूसँग अाफ्नाे एकता हुन नसक्ने ठाेकुवा गरे । ‘हामी सच्चा क्रान्तिकारी कम्युनिष्टहरुबीचको एकता चाहन्छौ । हामीले पार्टी पुनःगठन गरेको बेलाको भन्दापनि एमाओवादीको लाईन अति दक्षिणपन्थी भएकोले एकता हुन नसकेको हो ।’ गजुरेलले भने-‘विचार र लाइन नमिलेकाेले उनीहरूसँग एकता नभएकाे हाे । हामी अाफ्नाे अडानमा छाै ।’
गजुरेलले हिजाे एमाओवादी र यसका नेतालार्इ लालगद्दार भन्ने बादलहरू नै अहिले उनीहरूसँग मिल्न गएकोमा अनाैठाे भएकाे बताए । ‘दक्षिणपन्थीहरुको एकताले क्रान्तिकारीहरूकाे बीचमा एकताको धु्व्रीकरण माग गरेको छ । बादलजीले विचार र राजनीतिलाई तिलान्जली दिई सरकारमा जान हतार भएर गर्नुभएकोले याे कथित एकता हो ।’ उनले भने – ‘उहाँले एमाओवादीसँग गरेको १२ बुँदे सहमति पार्टीले पहिला नै अस्वीकार गरिसकेको आधार हो ।’