जापानी नोटलाई नेपाली बोट : यसबाटै बन्छ ‘येन’

जापानी नोटलाई नेपाली बोट : यसबाटै बन्छ ‘येन’


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २१ फाल्गुन २०७३
  • 11.2K
    Shares

जापानी नोट येन बनाउन नेपालमा पाइने अर्गेली नामको बिरुवाको बोक्रा प्रयोग हुने गरेको छ । सुन्दा अचम्म लागेपनि यही बिरुवाको बोक्रा बेचेर किसानहरुले लाखौं रुपैयाँ आम्दानी गर्दै आएका छन् ।

अर्को आशालाग्दो तथ्यांक भेटिएको छ । त्यो हो नेपालबाट आर्थिक बर्ष २०७२,७३ मा ६० हजार किलो अर्गेलीको बोक्रा जापान निर्यात भएको छ । जसको मूल्य ३ करोड ५५ लाख ४२ हजार ६ सय ९५ रुपैयाँ बराबर हुन्छ । अर्गेलीको बोक्रा जापानी नोट बनाउन प्रयोग हुन्छ ।

अर्गेली पहाडी भेगमा पाइने एक प्रकारबो बिरुवा हो । जसको बोक्रा नेपालमा हाते कागज बनाउन प्रंयोग गरिन्छ । आजको नागरिकमा खबर छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार