सर्लाहीको हरिवनमा रहेको द ब्रदर्श आयल स्टोरमा बिजुलीको पोलमा विद्युत सर्ट भएर झिल्को ट्याङकर माथि परेपछि आगो लागेको हो । आगलागीमा परी ४ जना घाइते भएका छन् ।
घाइते भएका पेट्रोल पम्प धनीको अवस्था गम्भीर भएकाले काठमाडौँ ल्याइएको छ । यस्तै, घाइते हुनेमा ट्याङकर चालक प्रमोद शाह, पेट्रोल पम्पका स्टाफ सुजन बराल तथा अर्का एक व्यक्तिको उपचार हेटौँडा अस्पतालमा भइरहेको छ ।
आगो लागेपछि मलङ्गवाबाट आएको दमकलले आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट ४० हजार लिटर डिजेल, १२ हजार लिटर पेट्रोल र ८ लाख नगद जलेर नष्ट भएको छ । आगो लाग्दै गर्दा स्थानीय विष्णुहरि पाण्डेले पेट्रोलको ट्याङकर तत्कालै जंगलमा लगेकाले सम्भावित दुर्घटनाबाट बस्ती जोगिएको छ । ट्याङकर रौतहटको चन्द्रपुरको जंगलमा लगेर छोडिएको थियो ।