नेपाली कांग्रेस पोखरा महानगर सभापतिमा सुरेन्द्रमान बिजुक्छे निर्वाचित

नेपाली कांग्रेस पोखरा महानगर सभापतिमा सुरेन्द्रमान बिजुक्छे निर्वाचित


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ८ असोज २०८३
  • 589
    Shares

पोखरा, ८ असोज २०८३ ।

नेपाली कांग्रेसको पोखरा महानगर समितिको सभापतिमा सुरेन्द्रमान बिजुक्छे निर्वाचित भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बिहीबार राति सम्पन्न मतगणनामा बिजुक्छेले ६ सय ८७ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन् ।

सभापतिका निकटतम प्रतिस्पर्धी सन्तोष पौडेलले तीनसय १७ मत प्राप्त गर्दा अर्का प्रतिस्पर्धी गणेशबहादुर थापाले तीनसय १५ मत पाए ।

सभापति तथा पदाधिकारीका लागि भएको निर्वाचनमा १एकहजार चारसय ४८ मतदाता रहेकामा एकहजार तीनसय ४१ मत खसेको थियो ।

सभापतिका लागि वर्तमान सभापति बिजुक्छेसहित सचिव गणेशबहादुर थापा र पोखरा महानगरपालिका–६ का वडा सभापति सन्तोष पौडेल प्रतिस्पर्धामा थिए ।

त्यस्तै, उपसभापतिमा किर्तिबल्लभ त्रिपाठी निर्वाचित भएका छन् । उनले नौसय २० मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी मीनप्रसाद भट्टराईले तीनसय ३१ मत पाए ।

महिला उपसभापतिमा सुचिता तामाङ निर्वाचित भएकी छन् । तामाङले ६ सय ८२ मत प्राप्त गर्दा उनकी निकटतम प्रतिस्पर्धी अम्बिका ढुंगानाले ६ सय आठ मत पाइन् ।

सचिवमा धनञ्जय पौडेल निर्विरोध निर्वाचित भएका छन् । यसअघि महानगर समितिको सदस्य रहेका पौडेल सर्वसम्मत रूपमा सचिवमा चयन भएका हुन् ।

त्यसैगरी सहसचिवमा दामोदर पराजुली निर्वाचित भएका छन् । पराजुलीले सातसय १३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी थानेश्वर तिवारीले पाँचसय सय ६० मत पाए ।

प्रतिक्रिया