२७ हजार नक्कली नेपाली नोटसहित दुई पक्राउ

२७ हजार नक्कली नेपाली नोटसहित दुई पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ११ फाल्गुन २०७३
  • 12K
    Shares

प्रहरीले २७ हजार नेपाली नक्कली नोटसहित धनुषाबाट दुई जनालाई पक्राउ गरेको छ । चोराकोयलपुर–७ बस्ने ३२ वर्षीय शिवशरण यादव र ४५ वर्षीय विमलकिशोर यादवलाई २७ हजार नक्कली नेपाली नोटसहित प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

चारनाथ नगरपालिका–३ स्थितमा ईलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा शिवशरण यादवको साथबाट १ हजार दरका १३ वटा र विमलकिशोर यादवको साथबाट १ हजार दरका १४ वटा गरी २७ हजार नक्कली नेपाली नोट बरामद भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया