न्यून गुणस्तरको दूध उत्पादन गरेको आरोपमा डिडिसीविरुद्ध मुद्दा

न्यून गुणस्तरको दूध उत्पादन गरेको आरोपमा डिडिसीविरुद्ध मुद्दा


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ४ फाल्गुन २०७३
  • 10.7K
    Shares

खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले न्यूनस्तरको दूध उत्पादन गरेको भन्दै दुग्ध विकास संस्थान (डिडिसी) विरुद्ध मुद्दा दायर गरेको छ । विभागले दुई फरक मितिमा डिडिसीले उत्पादन गरेको दूधको नमूना परीक्षण गर्दा गुणस्तर न्यून पाएको हो ।

विभागले दूधको नमूना परीक्षणपछि माघ १९ गते डिडिसी विरुद्ध मुद्दा दायर गर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडैंलाई पत्र लेखेको थियो । विभागको आग्रहअनुसार डिडिसीविरुद्ध दुई फरक मुद्दा दायर गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अाजको नागरिक दैनिकमा समाचार छ ।

दुवै मुद्दामा डिडिसीका आयोजना प्रमुखलाई प्रतिवादी बनाएर प्रयोगशाला रिपोर्ट प्रमाणका रुपमा पेस गरिएको छ ।

प्रतिक्रिया